• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

लायन्स क्लब अफ काठमाडौँ डाँफेद्वारा कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

लायन्स क्लब अफ काठमाडौँ डाँफेद्वारा कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

सिन्धुपाल्चाेक । लायन्स क्लब अफ काठमाडौँ डाँफेले सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका–३ मा अवस्थित कालिकाशरण आधारभूत विद्यालयका बालबालिकालाई अध्ययन तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

गत तिहारमा सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रमबाट संकलित रकम सामाजिक उत्तरदायित्व अन्तर्गत उपयोग गर्दै बालबालिकालाई अध्ययन सामग्री हस्तान्तरण गरिएकाे हाे ।

शनिबार, आयोजित एक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, खेलकुद सामग्री तथा ICT टुल ‘प्रोजेक्टर’ हस्तान्तरण गरिएको सामाजिक अभियन्ता तथा पत्रकार दीप खतिवडाले जानकारी दिनुभयो। क्लबले संकलित रकमलाई समुदायमै प्रत्यक्ष लाभ पुग्ने गरी उपयोग गर्नु संस्थाको उद्देश्य रहेकाे उहाँले बताउनुभयाे ।

कार्यक्रमकाा क्रममा लायन्स क्लब अफ काठमाडौँ डाँफेका अध्यक्ष भीमसेन खतिवडाले भन्नुभयो, “समुदायका बालबालिकाको सिकाइ, स्वास्थ्य र आत्मविश्वास वृद्धिमा सानो सहयोगले पनि ठूलो प्रभाव पार्छ। हाम्रो क्लबले ‘We Serve’ भन्ने मूल मन्त्रअनुसार यस वर्ष शिक्षा क्षेत्रमा सकारात्मक योगदान गर्ने लक्ष्य राखेको छ। देउसी–भैलोबाट संकलित रकम विद्यालयका विद्यार्थीहरूकै हितमा उपयोग गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ।”

अध्यक्ष खतिवडाले आगामी दिनमा पनि क्लबले यसैगरी क्षेत्रीय विद्यालय तथा समुदायमा लक्षित सामाजिक क्रियाकलापलाई निरन्तरता दिइने बताउनुभयो।

विद्यालय परिवारले लायन्स क्लब अफ काठमाडौँ डाँफेले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २०, शनिबार ११:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP