• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

२०७२ बैशाख १२ गते विनासकारी भूकम्प गएकाे आज ११ वर्ष पूरा

२०७२ बैशाख १२ गते विनासकारी भूकम्प गएकाे आज ११ वर्ष पूरा

बनेपा । आज वैशाख १२ गते, २०७२ बैशाख १२ गतेकाे विनासकारी भूकम्प गएकाे आज ११ वर्ष पूरा भएकाे छ । त्यस दिन ७.६ रेक्टर स्केलको विनासकारी भूकम्प गएकाे थियाे ।

गोर्खा केन्द्रबिन्दु रहेको यस भूकम्पले ९ हजार मानिसको ज्यान गयो । २० हजारभन्दा वढी घाइते भए । पाँच सयभन्दा बढी अहिले पनि हराइरहेका छन् । लाखौंको संख्यामा पशुपंक्षी मरे । तीन सय ५० वटा ऐतिहासिक संरचना पूरै ध्वस्त भए । चार लाख निजी घर पूर्णरुपमा भत्किए भने अरु २ लाख घर पनि बस्न नमिल्ने अवस्थामा छन् ।

यसबीचमा सानाठूला एक लाख वटा भूकम्पहरु गएको हामीले प्रत्यक्ष देख्यौं र भोग्यौं । शनिबार बिदाको दिन र दिउँसोको समय भएकाले मानवीय क्षति भूकम्पको मापन अनुशार कम भएको र यदि यो रातिको समयमा गएको भए लाखौं मानिसहरु मर्न सक्ने विज्ञहरुको अनुमान छ । यसले ३० वटा जिल्लालाई प्रत्यक्ष प्रभावित बनायो ।

११ जिल्लाहरु त पूरै अस्तव्यस्त भए । सबैभन्दा वढी सिन्धुपाल्चोकमा मानवीय क्षति भयो । यो जिल्लामा मात्र मर्नेको संख्या तीन हजार ५५७ छ । ६६ हजार घर मध्ये ६० हजार पुरै भत्किए । अन्य जिल्लाहरुमा पनि अर्बौंको क्षति भयो । त्रास अझै कायम छ । ठ्याक्कै विसं १९९० सालको अवस्था भयो । यसले भौतिक, मानवीय र आर्थिक क्षति कति गरायो अझै मापन गर्न सकिएको छैन । याे दिन मानसपटलमा अझै ताजा बनेर रहेकाे मात्र छैन आफन्त गुमाउनेहरुका लागि तिताे सम्झनाकाे रुपमा पनि रहेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १२, शनिबार ०१:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP