• २०८३ असार ३१ | Wed, 15 Jul 2026

धुलिखेल–खावा सडकखण्डमा १५ दिन टिपर सञ्चालन बन्द, राति अन्य सवारीमा पनि प्रतिबन्ध

धुलिखेल–खावा सडकखण्डमा १५ दिन टिपर सञ्चालन बन्द, राति अन्य सवारीमा पनि प्रतिबन्ध

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन आगामी असार १४ गतेदेखि २८ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाइने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरको अनुरोधमा असार ८ गते बसेको सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयअनुसार सडकको एक लेनमा कालोपत्रे गर्ने कार्य सञ्चालन हुने भएकाले उक्त अवधिभर टिपर सञ्चालन बन्द गरिनेछ । साथै एम्बुलेन्स लगायतका अत्यावश्यक सेवाका सवारीसाधन बाहेक यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई पनि बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा प्रवेश गर्न निषेध गरिएको छ ।

सडक निर्माण कार्यलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाइएको छ । सम्बन्धित निकायले सर्वसाधारण, सवारी चालक तथा व्यवसायीहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न तथा निर्धारित समयको पालना गर्न अनुरोध गरेका छन् ।

सडक स्तरोन्नतिको कार्य सम्पन्न भएपछि यातायात सञ्चालन थप सहज र सुरक्षित हुने निर्माणपक्षकाे अपेक्षा छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ९, मंगलवार १९:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP