काठमाडाैँ । बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुनेछ। ततःपश्चात मौसममा क्रमिकरुपमा सुधार हुने देखिन्छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश तथा लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।
कार्तिक १५ गते (शनिबार) दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी प्रदेश र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया