• २०८३ भाद्र ३ | Wed, 19 Aug 2026

मण्डनदेउपुरका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता

मण्डनदेउपुरका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका बासिन्दालाई आवश्यक परेको अवस्थामा निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा मण्डनदेउपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, रक्तसञ्चार सेवा केन्द्र बनेपाबीच सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार नगरपालिकाका बासिन्दाले उपचारका क्रममा रगत आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाअन्तर्गतको रक्तसञ्चार सेवामार्फत निःशुल्क रगत प्राप्त गर्ने व्यवस्था मिलाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री राजु सिग्देलका अनुसार यसअघि जिल्लाका पाँचखाल, पनौतीलगायतका स्थानीय तह तथा विभिन्न सहकारी संस्थाहरूसँग पनि यस्तै प्रकारको सम्झौता भइसकेको छ ।

रगतको अभावका कारण उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै स्थानीय बासिन्दालाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको जनाइएको छ । यसले विशेषगरी आकस्मिक उपचार तथा शल्यक्रियाका क्रममा रगत आवश्यक पर्ने नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

बुधबार भएकाे सम्झौता कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैल, मन्त्री राजु सिग्देल, कार्यालय प्रमुख गोकुल बानियाँलगायतको उपस्थिति रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३, बुधबार १४:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP