• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

काभ्रेपलाञ्चोक प्रहरीद्वारा भीरमा खसेका विदेशी नागरिकको उद्धार (भिडियाेसहित)

काभ्रेपलाञ्चोक प्रहरीद्वारा भीरमा खसेका विदेशी नागरिकको उद्धार (भिडियाेसहित)

धुलिखेल । काभ्रेपलाञ्चोक प्रहरीले भीरमा खसेका एक विदेशी नागरिकको साेमबार उद्धार गरेकाे छ ।

साेमबार साँझ ५ बजे काभ्रेकाे धुलिखेल नगरपालिका वडा नं १२ एक्लेखेतस्थित रोशी खोलाको भीरमा खसेका विदेशी नागरिककाे उद्धार गरिएकाे हाे ।

पनौती नगरपालिका १० बल्थलीबाट नमोबुद्धतर्फ घुम्न जाने क्रममा LYNDON ERIC नाम गरेका क्यानेडियन नागरिक रोशी खोलाको भीरमा लडेर सोही भीरमा अड्किएको अवस्थामा स्थानीयले देखेका थिए ।

त्यसपछि प्रहरीलाई खबर आएपछि साे स्थानमा प्रहरी चौकी श्यामपाटीबाट प्रहरी सहायक निरिक्षक विनय मण्डलको कमाण्डमा टोली खटिएर गई स्थानीय व्यक्तिहरुको सहयोगमा उनलाई सकुशल उद्धार गरिएकाे जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार १३:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP