• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजदेखि देशका धेरै क्षेत्रमा वर्षा र हुरीबतासकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

आजदेखि देशका धेरै क्षेत्रमा वर्षा र हुरीबतासकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आजदेखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही जिल्लामा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ।

महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनमा शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा तराईका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोखिन पनि विभागले सबैमा अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १३, शुक्रबार ०१:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP