• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेपलाञ्चोक प्रहरीद्वारा विभिन्न कसुरमा संलग्न तीन जना पक्राउ

काभ्रेपलाञ्चोक प्रहरीद्वारा विभिन्न कसुरमा संलग्न तीन जना पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चोरी तथा सार्वजनिक हितविरुद्धका विभिन्न कसुरमा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै छुट्टाछुट्टै घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएको हो ।

प्रहरीका अनुसार बनेपा नगरपालिका–८ स्थित दारी बाको खुवा पसलमा चोरी गर्ने उद्देश्यले ताेडफाेड गरिरहेको अवस्थामा पनौती नगरपालिका–१ का २६ वर्षीय सुशील सापकोटालाई पक्राउ गरिएको हो । उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चोरी उद्योग मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बनेपा नगरपालिका–१२ बाँसडोल निवासी २६ वर्षीय जगदीश थापालाई मोबाइल तथा नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार बनेपा नगरपालिका–७ बसपार्कस्थित स्किन टच मोबाइल पसलबाट Samsung Galaxy मोबाइल र नगद ६ हजार ५ सय रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। अदालतबाट चोरी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

त्यसैगरी नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीस्थित अंकित स्टेसनरीमा मोबाइल चोरी भएको सूचनापछि खटिएको प्रहरी टोलीले रोशी गाउँपालिका–७ का २८ वर्षीय सुवास गोतमलाई पक्राउ गरेको जनाएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १२, मंगलवार २०:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP