• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सोमबारकाे माैसमः देशभर बदली, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह

सोमबारकाे माैसमः देशभर बदली, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह

काठमाडाैं । आज देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।

स्राेतः माैसम पूर्वानुमान महाशाखा



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १६, सोमबार ०१:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP