• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यसै आर्थिक वर्षमै सुरु हुन्छ :मन्त्री तामाङ

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यसै आर्थिक वर्षमै सुरु हुन्छ :मन्त्री तामाङ

मेलम्ची । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यसै आर्थिक वर्षमै सुरु हुने बताएका छन् ।

मेलम्ची नगरपालिका ७ दुबाचौर स्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले आफ्नो भनाइ राख्दै मेलम्ची फट्टे पुलको लागि यसै आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माणको लागि फाइल अघि बढिसकेको जानकारी दिए ।

यो पुल निर्माणको लागि छिट्टै फाइल अघि बढ्ने प्रक्रियामा रहेको जानकारी दिँदै तिनै तहका सरकार मिलेर छिट्टै पुल निर्माण सम्पन्न गरी यहाँका नागरिकको समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाए ।

सिँचाइ र खानेपानीको समस्या समाधानमा सहयोग गर्नुका साथै भौतिक पूर्वाधार निर्माणका कामहरूलाई निरन्तरता दिँदै यस क्षेत्रको चुनौतीको रुपमा रहेको उक्त पुल निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

स्थानीय सरकारको आफ्नै स्रोतबाट निर्माण गर्ने योजना बनाए पनि उक्त पुल प्राविधिकरुपमा सम्भव नदेखिएपछि प्रदेश सरकारले आफ्नो दायित्वको रुपमा लिएर काम अगाडि बढाउने तयारीमा रहेको उनले जानकारी दिए ।

कार्यक्रमको अवसरमा वडा अध्यक्ष पासाङ तामाङले संस्कृति र सम्पदा जगेर्ना र विकासका लागि सधैं तत्पर रहेको बताए । कार्यक्रममा बौद्ध धर्मका लामा गुरुहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो।

धार्मिक विधि अनुसार सम्पन्न छोडतेन समुद्घाटन तथा वाङ अभिषेक कार्यक्रमले स्थानीय धार्मिक सांस्कृतिक पहिचान संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी वक्ताहरुले धार्मिक सहिष्णुता सामाजिक एकता र सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता कार्यक्रमहरूको महत्व रहेको बताएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २८, आईतवार १५:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP