सिन्धुपाल्चाेक । शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा रहेको शिंहमती माध्यमिक विद्यालय, सूर्यकिरण आधारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष भीमसेन थापाले पालिकाका अन्य विद्यालयहरूलाई समेत सहयोग गरिसकेको र वडामा दोस्रोपटक सहयोग गरेको स्मरण गराउनुभयो । मोहन गिरीले आफ्नो जीवनमा भोगेका कठिनाइ विद्यार्थीहरूले नभोगुन् भन्ने सोचले अघि बढाएको अभियान अत्यन्तै सह्रानिय रहेको बताउनुभयो । साथै प्राविधिक शिक्षा अध्ययनलाई गर्नुभएको सहयोगको पनि प्रशंशा गर्नुभयो ।
विद्यार्थीहरूलाई न्यानो कपडा वितरणसँगै तातो–चिसो पानी खान सहज होस् भनेर डिस्पेन्सरसमेत प्रदान गरिएको थियो । थापाले यस्ता निःस्वार्थ र पुण्यकारी कार्यहरूले शिक्षा क्षेत्रमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपलब्ध सामग्रीहरूको संरक्षण र सदूपयोग गर्न विद्यालय र विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी मोहनबहादुर गिरीले आफूले गरेको सहयोगमध्ये केहीले राम्रो गरेको र केहीले भने सहीरुपमा प्रयोग नगरेकोमा गुनासो गर्नुभयो । पालिकामा रहेर अध्ययनका लागि आर्थिक अभाव भएका सबैका लागि सहयोग गर्न आफू हरदम तयार रहेको गिरीले बताउनुभयो । आफू रित्तिएर भएपनि बालबालिकामा लगानी गरिरहेको गिरीको भनाइ थियो । यो सहयोगका लागि आफू हरदम तयार रहेको गिरीले बताउनुभयो । गिरीले उपलब्ध सामग्रीहरूको संरक्षण र सदूपयोग गर्न विद्यालय र विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिशेष अतिथि श्यामबहादुर गिरीले २०७९ सालदेखि निरन्तररुपमा सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत हालसम्म ३८ वटा विद्यालयमा शैक्षिक तथा सहयोगी सामग्री वितरण भइसकेको जानकारी दिनुभयो । अब केही थोरै विद्यालय मात्रै बाँकी रहेको बताउँदै उहाँले यो अभियानको उद्देश्य भावी पुस्ताको उज्वल भविष्य निर्माण गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार मोहन गिरीले आफ्नो आम्दानीको ठूलो भाग समाजसेवामा खर्च गर्दै प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूलाई पनि निरन्तर सहयोग गर्दै आउनुभएको छ ।
शिंहमती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बानियाँको अध्यक्षता र प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष भीमसेन थापाको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो ।
प्रतिक्रिया