• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

जंगली च्याउ खाँदा पाँचखालमा श्रीमान्–श्रीमती बेहोस

जंगली च्याउ खाँदा पाँचखालमा श्रीमान्–श्रीमती बेहोस

पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, खटारमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस भएका छन्।

बुधबार दिउँसाे करिब ३:३० बजे स्थानीय ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीया श्रीमती बेली दनुवारले आफ्नै घरमा जंगली च्याउ सेवन गरेपछि अचानक अस्वस्थ भएका हुन् ।

उनीहरूलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको छ । अस्पताल स्रोतका अनुसार दुवै जनाको अवस्था बोल्न नसक्ने तथा बेहोस रहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्वास्थ्यकर्मीहरूले जंगली च्याउको पहिचान गर्न कठिन हुने भएकाले त्यसको सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १३, बुधबार २०:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP