• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

कृषि सामग्री कम्पनी धुलिखेलमा बुधबारसम्म ७७३.५५ मेट्रिक टन रासायनिक मल मौज्दात

कृषि सामग्री कम्पनी धुलिखेलमा बुधबारसम्म ७७३.५५ मेट्रिक टन रासायनिक मल मौज्दात

– कालोटोपी डटकम
धुलिखेल, काभ्रे । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय धुलिखेलमा साउन १३ गतेसम्म विभिन्न प्रकारका रासायनिक मल गरी ७७३.५५ मेट्रिक टन मौज्दात रहेको छ ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार हाल युरिया ५४०.३०० मेट्रिक टन, डीएपी १३५.६५० मेट्रिक टन, पोटास ९७.६०० मेट्रिक टन मौज्दात रहेको छ । यस्तै कृषि चुन ३८.९५० मेट्रिक टन मौज्दात रहेको कार्यालयले जनाएको छ ।

उक्त अवधिमा २१ मेट्रिक टन युरिया मल आपूर्ति भएको छ भने युरिया १४९.१०० मेट्रिक टन, डीएपी ७४.९५० मेट्रिक टन र पोटास १.७५० मेट्रिक टन गरी कुल २२५.८०० मेट्रिक टन रासायनिक मल बिक्री भएको कार्यालयको विवरणमा उल्लेख छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले पर्याप्त मौज्दात रहेकाले किसानहरूलाई आवश्यकता अनुसार नजिकको सहकारी संस्थाबाट सहजरूपमा मल खरिद गर्न आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १३, बुधबार २१:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP