काठमाडौँ। आज बिहान दुई पटक भूकम्प गएको छ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियाे ।
त्यस्तै आजै बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो पटक भूकम्पकाे धक्का महसुस गरिएको छ ।
यसअघि गत २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया