• २०८३ भाद्र ३१ | Wed, 16 Sep 2026

एक हजार सात सय रूपैँयाँले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक हजार सात सय रूपैँयाँले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ । आज प्रतितोला १ हजार ७०० रूपैंयाँले मूल्य बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ८०० रूपैंयाँ कायम भएको छ ।

यस हप्ता आइतबार १ हजार २०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने साेमबार १ हजार २०० ले घट्याे । मंगलबार नाै सयले घटेकाे थियाे । गत हप्ता आइतबार प्रतितोला ३ हजार १०० रूपैंयाँले मूल्य घटेकाे थियाे । साेमबार २ हजार ४०० ले गिरावट भएकाे थियाे भने मंगलबार प्रतितोला ३ हजार ५०० रूपैंयाँले मूल्य बढेकाे थियाे । बुधबार भने ३ हजार रूपैंयाँले मूल्य घटेकाे थियाे । बिहीबार ३ हजार ४०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने शुक्रबार ४ हजार ८०० ले घटेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ८५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ६८५ रुपैंयाँ कायम भएको छ ।

गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३१, बुधबार १२:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP