काठमाडौँ । नेप्से परिसूचक आज ४४.२५ अंकले बढेको छ । १.७६ प्रतिशत बढेर नेप्से २ हजार ५४७.६० विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३.०५ प्रतिशतले घटेको थियो ।
आज कारोबार रकम घटेर चार अर्ब ९७ करोड ५४ लाख रुपैंयाँको खरिदबिक्री भएको छ। आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैंयाँको काराेबार भएको थियो ।
आज २०० कम्पनीको शेयर मूल्य बढेको छ। यस्तै, ४४ कम्पनीको मूल्य घटेको छ। आठ कम्पनीको मूल्य स्थिर छ। नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्सका शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
एनआरएन इन्फ्राइट्रक्चर डेभलपमेन्टको सर्वाधिक शेयर खरिदबिक्री भएको छ। यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको काराेबार भएको छ।
कारोबारमा आएका १३ समूहकै परिसूचक आज बढेका छन् । परिसूचक सर्वाधिक बढ्नेमा ‘अन्य’ समूह छ। यस समूहको परिसूचक ५.०१ प्रतिशतले बढेको हाे।
प्रतिक्रिया