भक्तपुर । सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-६ घर भएका ३९ वर्षीय पूर्णसिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा पूर्णसिंह समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय २५ रूपैंयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया