• २०८३ असार ३१ | Wed, 15 Jul 2026

वैदेशिक रोजगारीका नाममा ७२ लाख ठगीः पनौतीका राजकुमार खड्कासहित पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ७२ लाख ठगीः पनौतीका राजकुमार खड्कासहित पाँच जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-३ घर भएका २६ वर्षीय विश्व ठकुरी भन्ने विश्वविक्रम सेन, काठमाडौं टोखा नगरपालिका-९ बस्ने उदयपुर त्रियुगा नगरपालिका-१२ घर भएका ४४ वर्षीय अर्जुनकुमार निरौला, काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय गोपाल भन्ने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका-७ बस्ने पाँचथर फिदिम नगरपालिका-१२ घर भएका ३८ वर्षीय पूर्णबहादुर तुम्ब्रोक र ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने काभ्रे पनौती नगरपालिका-१२ घर भएका ४० वर्षीय राजकुमार खड्का रहेका छन् ।

पक्राउ मध्ये विश्व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिन्छु भन्दै ९ जना पीडितहरूबाट ५९ लाख ५० हजार रूपैयाँ, पूर्ण बहादुरले अष्ट्रिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ र राज कुमारले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विश्व, अर्जुन, प्रेम र पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट तथा राज कुमारलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये विश्व, अर्जुन र प्रेमलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा पूर्ण र राज कुमारलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १७, बिहीबार ०९:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP