• २०८३ असार ३० | Tue, 14 Jul 2026

जिल्ला अनुगमन टाेली दोलालघाटमा, म्याद गुज्रेका सामग्री नष्ट, एक पसललाई ५ हजार जरिवाना

जिल्ला अनुगमन टाेली दोलालघाटमा, म्याद गुज्रेका सामग्री नष्ट, एक पसललाई ५ हजार जरिवाना

ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–दोलालघाट बजार क्षेत्रमा बिहीबार संयुक्त बजार अनुगमन गरिएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा भएको अनुगमनमा प्रहरी उपरीक्षक रबीन कार्की, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख रविन घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तथा स्थानीय प्रहरी लगायतको सहभागिता रहेको थियो ।

संयुक्त टोलीले दोलालघाट बजारका १३ वटा पसल तथा फर्मको अनुगमन गर्दा करिब २ हजार १०० रुपैयाँ बराबरका म्याद गुज्रेका विभिन्न खाद्य सामग्री नष्ट गरेको छ । उपभोक्ता हितविपरीत कारोबार गरेको पाइएपछि एक पसललाई ५ हजार रुपैयाँ जरिवानासमेत गरिएको छ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई खाद्य सामग्रीको म्याद, गुणस्तर, सरसफाइ तथा मूल्यसूची अनिवार्यरूपमा कायम गरी उपभोक्तामैत्री सेवा दिन निर्देशन दिइएको थियो । टोलीले बजारमा बिक्री हुने खाद्य वस्तुको सुरक्षित भण्डारण, स्वच्छता र उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गतिविधि नगर्न पनि सचेत गराएको छ ।

यसअघि बुधबार यही टोलीले नमोबुद्ध नगरपालिकाकाे भकुण्डेबेँसी बजार क्षेत्रमा पनि बजार अनुगमन गरी म्याद गुज्रेका सामग्री नष्ट गर्नुका साथै व्यवसायीहरूलाई उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था पालना गर्न निर्देशन दिएको थियो । अनुगमनलाई जिल्लाभर नियमितरूपमा निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २५, बिहीबार १७:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP