मोरङ । अदालतकाे नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला अदालत, मोरङको नक्कली पेज बनाई विभिन्न पदमा भर्ना खुलेको छ भनेर दर्ता शुल्क बापतको रकम भन्दै अनलाइन ठगी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हाे ।
सिरहाकाे लाहान घर भइ माेरङकाे विराटनगर महानगरपालिका ५ बस्ने ५० वर्षिय पुनमदेवी साह र उनकी छाेरी २७ वर्षकी काेमलकुमारी साहलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे र यसरी नै काेही ठगीमा पर्नुभएकाे भए सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय माेरङकी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरिक्षक काेपिला चुडालले अनुराेध गर्नुभएकाे छ।

प्रतिक्रिया