• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मनसुन सक्रिय बन्दै, देशभर कहाँ कहाँ छ वर्षाको सम्भावना ?

मनसुन सक्रिय बन्दै, देशभर कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं। नेपालमा मनसुनी वायु अहिले लुम्बिनी र सुदूरपश्चिमतर्फ बढी केन्द्रित हुँदै गएको छ। बिजुली चम्किने गतिविधि विशेषगरी लुम्बिनी प्रदेश, सुदूरपश्चिम तथा चुरे–तराई क्षेत्रमा बढी देखिएको छ।

पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगर क्षेत्रमा १०९ मिमि वर्षा रेकर्ड भएको छ, जसले त्यहाँ भारी वर्षा भएको संकेत गर्दछ।

मौसम पूर्वानुमानअनुसार आज रातिदेखि (असार १६ को राति/असार १७ को बिहान) लुम्बिनी प्रदेशको पश्चिमी भागदेखि सुदूरपश्चिम प्रदेशसम्मका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

यता मधेश प्रदेशमा वर्षा अपेक्षाकृत कम रहने देखिएको छ भने मध्य मधेशमा आगामी दुई दिन ठूलो वर्षाको सम्भावना न्यून छ।

हालको पूर्वानुमानअनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मनसुनी वर्षा बढी सक्रिय रहने सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १६, मंगलवार ०५:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP