सिन्धुपाल्चाेक। सिन्धुपाल्चाेककाे वलेफीमा दूध बाेकेकाे मारुती भ्यान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा काभ्रेका नवराज खुलाल बेपत्ता भएकाा छन् ।
शुक्रबार बिहान ५ः२० बजेतिर अरनिको राजमार्गस्थित वलेफीमा सुकुटेबाट खाडीचौरतर्फ दूध बोकेर जाँदै गरेको सुकुटे सिन्धु डेरीको मारुती भ्यान सुनकोशी नदीमा खस्दा चालक काभ्रे पनौती नगरपालिका-१० पस्थली बस्ने बर्ष अन्दाजी २२/२३ को नवराज खुलाल र गाडी सुनकोशी नदीले बगाएर बेपत्ता भएका हुन् ।
बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान सुकुटेबाट खाडीचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल सुनकोशी नदीमा खसेर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । खाेजीका लागि प्रहरीचौकी बलेफीबाट प्रहरी वरिष्ठ नायव निरिक्षक सुरेशप्रसाद गुप्ताकाे कमाण्डमा ४ जनाको टोली खटिएकाे छ।

भ्यान र चालककाे खोजतलास भइरहेको र साे भ्यानमा चालक मात्र सवार रहेको प्रहरीले जनाएकाे छ । यस विषयमा थप जानकारी आउन बाँकी छ।
याे समाचार हामीले सिन्धुपाल्चाेकबाट पत्रकार देवराज सुवेदीकाे सहयाेगमा तयार पारेका हाैं ।
प्रतिक्रिया