• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कहिले हाेला माैसममा सुधार ?, के छ अहिलेकाे अवस्था ? (भिडियाेसहित)

कहिले हाेला माैसममा सुधार ?, के छ अहिलेकाे अवस्था ? (भिडियाेसहित)

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ।

गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ।

भोलि दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिक बदली बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ११, मंगलवार १३:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP