• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज चार प्रदेशमा वर्षाको सम्भावना

आज चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली लागेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भागमा आंशिक बादल लाग्ने र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १४, बिहीबार ०१:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP