काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा साधारणतया बादल रही बाँकी भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागको केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागमा तातो लहर चल्ने र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागमा तातो दिन हुने सम्भावना छ । राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
बाँकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया