काठमाडौँ। गत भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटसमेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सर्वोच्च अदालतका सेवाहरू असोज २८ गतेदेखि आंशिकरूपमा सुचारु हुने भएका छन्।
हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेको थियाे । असोज २६ गते बसेको पूर्ण बैठकको निर्णय अनुसार असोज २८ गतेदेखि आंशिकरूपमा सेवा सुचारु हुने भएकाे हाे ।
मंगलबारदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्।
प्रतिक्रिया