• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्से परिसूचक २७ अंकले घट्याे, कति भयाे कारोबार ?

नेप्से परिसूचक २७ अंकले घट्याे, कति भयाे कारोबार ?

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज २७.६४ अंकले घटेको छ। सोमबार ८.२४ अंकले घटेर बन्द भएको नेप्से आज २७.६४ अंकले घटेकाे हो । यससँगै नेप्से २ हजार ५ सय ९५.२४ अंकमा पुगेर बन्द भएको छ ।

आज कारोबारमा आएकामध्ये ३३ वटा कम्पनीको शेयर मूल्य बढ्दा २१३ वटाको घटेकाे छ । तीन वटा कम्पनीको मूल्य स्थिर छ ।

आज ४६ हजार ८ सय ७५ पटकको कारोबारमा १ करोड ३ लाख ४३ हजार ८ सय ९८ कित्ता शेयर किनबेच भए । जसमा ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक ओरालो लागेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १८, मंगलवार १०:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP