काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज प्रतितोला एक हजार रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८३ हजार २०० रूपैंयाँ कायम भएको छ ।
यस हप्ता आइतबार १ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे । यस्तै मंगलबार ४ हजार ३०० रूपैंयाँले मूल्य घट्याे ।
गत हप्ता आइतबार १ हजार ९०० रूपैंयाँले मूल्य बढेको थियाे । साेमबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने मंगलबार एक हजार रूपैंयाँले मूल्य बढ्याे ।
बुधबार भने एकैदिन ५ हजार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । यस्तै बिहीबार प्रतितोला ३०० रूपैंयाँले मूल्य बढ्दा शुक्रबार ५ हजार ८०० रूपैंयाँले मूल्य घट्याे ।
यता आज चाँदीकाे मूल्य भने बढेकाे छ । १० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ३२० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया