• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

नेप्सेमा आज झिनाे अंककाे सुधार, कति भयाे काराेबार ?

नेप्सेमा आज झिनाे अंककाे सुधार, कति भयाे काराेबार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज झिनाे अंककाे सुधार देखिएकाे छ । साताको अन्तिम कारोबार दिन आज नेप्से ०.३१ अंकले मात्रै बढेको हो ।

नेप्से झिनो अंकले बढे पनि १२३ वटा कम्पनीको शेयर मूल्यमा भने वृद्धि भयो । ८ वटा कम्पनीको मूल्य स्थिर रह्यो । यससँगै आज नेप्से २ हजार ५४४.९१ बिन्दुमा पुगेको छ।

आज माबेलुङ इनर्जीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने नेपाल माइक्रो इन्स्योरेन्सकाे शेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

आज बैंकिङ, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक सकारात्मक रह्यो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २७, बिहीबार १३:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP