काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ ।
जसले गर्दा हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
देशका पहाडी भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।
प्रतिक्रिया