• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

क्षमताभन्दा बढी निर्माण सामग्री बोकेका १७ टिपर धुलिखेलबाट नियन्त्रणमा

क्षमताभन्दा बढी निर्माण सामग्री बोकेका १७ टिपर धुलिखेलबाट नियन्त्रणमा

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले क्षमताभन्दा बढी (ओभरलोड) निर्माण सामग्री बोकेर सञ्चालनमा रहेका १७ वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले भदौ १५ गते बिहान करिब ३ बजेसम्म धुलिखेल नगरपालिका–६ अन्तर्गत अरनिको राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा बनेपातर्फ जाँदै गरेका टिपरहरू नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ती टिपरहरूले तोकिएको क्षमताभन्दा बढी गिट्टी, बालुवालगायतका निर्माण सामग्री बोकेर ल्याउँदै गरेको अवस्थामा फेला परेका थिए । चेकजाँचका क्रममा ओभरलोड भएका १७ वटा टिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका टिपरहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकमार्फत सम्बन्धित पालिका कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । तोकिएको क्षमताभन्दा बढी निर्माण सामग्री बोक्ने सवारीसाधनका कारण सडकको अवस्था बिग्रनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले प्रहरीले नियमित रूपमा चेकजाँच तथा निगरानी गर्दै आएको जनाएको छ ।

file photo



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १५, सोमबार १८:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP