• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

आज कहाँ कहाँ छ वर्षाकाे सम्भावना ?

आज कहाँ कहाँ छ वर्षाकाे सम्भावना ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा अधिकांश बादल लागेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना छ । देशका तराई भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भागमा अधिकांश बादल लाग्ने र तराईमा साधारणतया बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १६, बुधबार ००:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP