• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

पनौती–२ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार सहयोग गर्ने

पनौती–२ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार सहयोग गर्ने

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पनौती नगरपालिका–२ कुशादेवीले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

वडा समितिको २०८३ भदौ १५ गते बसेको बैठकले सामाजिक विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने बजेटबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

२०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै जनजीवन प्रभावित भएको भन्दै वडा कार्यालयले दुःख व्यक्त गरेको छ ।

वडा कार्यालयले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरेको छ । पनौती नगरपालिका–२ का वडा सचिव राजकुमार श्रेष्ठद्वारा जारी सूचनामार्फत वडा समितिको निर्णय सार्वजनिक गरिएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १६, मंगलवार ०७:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP