• २०८३ असार ३२ | Thu, 16 Jul 2026

बीपी राजमार्गमा यातायात संचालन अनिश्चित, वैकल्पिक मार्ग प्रयाेग गर्न अनुराेध

बीपी राजमार्गमा यातायात संचालन अनिश्चित, वैकल्पिक मार्ग प्रयाेग गर्न अनुराेध

काभ्रे । दुई दिनको लगातार वर्षापछि काभ्रेकाे रोशी खोलामा आएको बाढीले बीपी राजमार्गलाई गतवर्षकै अवस्थामा फर्काइदिएकाे छ।

करोडौं खर्च गरेर निकालिएको अस्थायी ट्याकसमेत बगाएपछि बीपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ। रोशी खोलामा आएको बाढीले नेपालकाे पूर्वकै प्रमुख लाइफलाइन बीपी राजमार्ग ध्वस्त भएपछि यात्रुहरुलाई समस्या भएको हो।

यसैबीच बीपी राजमार्गको नेपालथोक हुँदै काठमाडौं जाने बाटोको ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि वैकल्पिक राजमार्ग (खुर्कोट मन्थली हुँदै अरनिको राजमार्ग, हेटौंडाका त्रिभुवन राजपथ तथा अन्य राजमार्ग) प्रयोग गर्नुहुन प्रहरीले अनुरोध गरेकाे छ। तर यी राजमार्ग प्रयोग गर्नु अघि पनि ट्राफिक प्रहरीसँग सोधपुछ गर्न पनि अनुरोध गरिएकाे छ।

गतवर्ष असोज १० देखि १२ गतेसम्मकाे वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको भकुण्डे खण्डमा करिब १२ किलोमिटर सडक बगाएको थियो। सडक बगाएको स्थानमा सडक विभागले महिनौं लगाएर करोडौं खर्च गरी अस्थायी ट्याक निकालेर यातायात खोलेको थियो।

फेरि यही असोजको १७ र १८ गते परेको अविरल वर्षासँगै रोशीमा आएको बाढीले बीपी राजमार्गको सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको बोक्सीकुना चौकीडाँडा लगायत विभिन्न स्थानमा कटान गरेपछि पूर्णरुपमा राजमार्ग बन्द भएको छ।

सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको सीमाना बर्खोखोलासम्मको करिब १ किलोमिटर र काभ्रेतर्फ करिब चार किलोमिटर सडक पुनः ध्वस्त भएको हो। बीपी राजमार्गको गतवर्ष बगाएको ट्याक बनाउन सडक विभाग, स्थानीय तह लगायतले करोडौं बजेट खर्च गरेका थिए।

तस्बीरः उज्वल न्याैपाने



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २०, सोमबार ०९:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP