• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

आजकाे माैसमः पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम

आजकाे माैसमः पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । जसले गर्दा देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना छ।

अहिले हिमाली क्षेत्रमा बादल लागेको छ । पहाडी भेगमा आंशिक बदलीको अवस्था छ । तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिनभर कोशी प्रदेशका पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्नेछ । बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। तराईमा भने घाम लाग्ने र मौसम सफा रहने अनुमान छ ।

राति कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै गण्डकी प्रदेशको पहाडी भाग र अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २, बुधबार ००:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP