• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बीपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने सवारी साधन रोकिए

बीपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने सवारी साधन रोकिए

काभ्रे । निरन्तर पानी परेपछि बीपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ।

सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्ने गरी अहिले उपत्यकाबाट बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका सवारी साधनलाई मंगलटारमा रोकिएको हो।

भकुण्डेबेसी, धुलिखेल र बनेपामा यतिबेला ठूलो पानी परेपछि जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सवारी साधनलाई सुरक्षित ठाउँमा रोकेका हुन् ।

पानी पर्नेक्रम रोकिए लगत्तै सवारी साधनलाई बाटोको अवस्था हेरेर छोडिने बताइएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १८, शनिबार ०६:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP