• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रहरी हौं भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रहरी हौं भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रहरी हौं भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका बस्ने काभ्रे घर भएका ३७ वर्षीय आकाश भन्ने नानीबाबु लामा र काठमाडौँ महानगरपालिका-६ बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ३४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।

काठमाडौँका विभिन्न औषधि पसलहरूमा गई लागूऔषध ब्यूरोबाट खटिआएका प्रहरी हौं भनि पसलको खानतलासी गरी लागूऔषध तथा अवैध औषधिहरू बेच्नु भएको छ हामी तपाइँलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने कार्यमा संलग्न उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ बाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालतबाट काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १६, बुधबार १२:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP