बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दुरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो ।
बुधबार बिहान ८ः१५ बजे बनेपा नगरपालिका वडा नम्बर ७ स्थित चाँदनीचोकमा भएको दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका ८ का हाल धुलिखेल नगरपालिका वडा नं. ५ बस्ने वर्ष अन्दाजी ३१ को ओमन प्रधान रहेको प्रहरीले जनाएको छ ।
मृतक प्रधान दुर्घटनामा गम्भीर घाइते भएपछि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर स्थानीयवासीका अनुसार प्रधानको घटनास्थलमा क्षतविक्षत अवस्थामा शरीर भेटिएकाले उनको घटनास्थलमै मृत्यु भइसकेको थियो ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र बिहानभरि तनावग्रस्त बनेको थियो भने आक्राशित भीडले टिपरमा आगजनीसमेत गरेका थिए ।
टिपर चालक सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं. ६ बस्ने बर्ष अन्दाजी वर्ष ३२ को दिपक रोक्का हाल जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेका र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
र याे पनि
प्रतिक्रिया