• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काठमाडौँ भित्रने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द (विज्ञप्तिसहित)

काठमाडौँ भित्रने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द (विज्ञप्तिसहित)

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारी साधन आवत जावतमा राेक लगाइएकाे छ ।

राष्ट्रिय जाेखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयले आज एक सूचना जारी गर्दै जाेखिम उच्च रहेकाले असाेज १८ देखि २० गतेसम्म काठमाडौँ आउने जाने सवारी साधन बन्द हुने जनाएकाे हाे ।

यस अवधिमा लामाे दुरीका सवारी संचालन पूर्णरुपमा बन्द गरिएकाे छ । काठमाडाैं उपत्यकाभित्र भने राेक नलगाइएकाे भए पनि बाहिर जान भने नपाइने सूचनामा उल्लेख छ ।

आज देशका २० जिल्लामा बाढीपहिराेकाे उच्च जाेखिम

आज देशभरका २० जिल्लामा बाढीपहिराेकाे उच्च जाेखिम रहेकाे नेपाल बाढी सूचना केन्द्रले जनाएकाे छ ।

जसमा सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ।

यी जिल्लाहरुमा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेकाे छ । केही जिल्लाका मूख्य राजमार्गहरु पूर्णरुपमा अवरुद्ध भएका छन् भने केही राजमार्गहरु आंशिक बन्द भएका छन् ।

अति आवश्यक काम नपरि घर बाहिर ननिस्कन विभिन्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिरहेका छन् ।

देशका चार राजमार्ग पूर्णरुपमा अवरुद्ध, अरनिकाे राजमार्ग एकतर्फी संचालनमा

देशभर भइरहेकाे अविरल वर्षाका कारण यतिबेला चार वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले दिएकाे पछिल्लाे जानकारी अनुसार संखुवासभा, रसुवा, सिन्धुपाल्चाेक र काभ्रेका सडकहरु केही पूर्णरुपमा बन्द त केही एकतर्फी संचालनमा रहेका छन् ।

काभ्रेकाे अरनिकाे राजमार्ग अन्तर्गत धुलिखेल-खावा खण्डस्थित पकुचामा एकतर्फी यातायात संचालन भइरहेकाे छ ।

उता रसुवाकाे पासाङ ल्हामु राजमार्ग र नेपाल चीन जाेड्ने मार्ग पूर्णरुपमा अवरुद्ध छ । यता सिन्धुपाल्चाेककाे अरनिकाे राजमार्ग एकतर्फी सुचारु छ।

संखुवासभा स्थित काेशी राजमार्गका दुई खण्ड पूर्णरुपमा अवरुद्ध छन् । निरन्तर वर्षा भइरहेकाले ती सडकहरुमा अवराेध हटाउन केही समय लाग्ने भएकाे छ । याे आज बिहान ८ बजे नेपाल प्रहरीले दिएकाे अपडेट हाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १८, शनिबार ०४:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP