• २०८३ असार ३१ | Wed, 15 Jul 2026

यस्ताे छ विजया दशमीमा राष्ट्रपतिकाे शुभकामना

यस्ताे छ विजया दशमीमा राष्ट्रपतिकाे शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दू धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा रहेको यस महान् चाडको दिन मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलले यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेको उल्लेख गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १६, बिहीबार ००:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP