• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

सोमबारः भगवान शिवको विशेष बार

सोमबारः भगवान शिवको विशेष बार

काठमाडौँ । आज २०८२ साल मंसिर ८ गते सोमबार । मंसिर शुक्ल पक्ष चतुर्थी तिथी ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष बार हो। यो दिन देवताका पनि देवता, महादेव शिवको व्रत बसी पूजाआजा गर्ने गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ र सूर्य अस्ताएपछि सकिन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजा गर्नु पहिले गणेशको पूजा भने अनिवार्य छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन छ।

अझ साउन महिनामा त साेमबार सबै शिव मन्दिरमा भक्तजनहरुकाे उपस्थिती उच्च हुन्छ । भगवान शिवलाई मन पर्ने वस्तुमा भाङ र धतुराे मानिन्छ । यस दिन शिवलाई ती वस्तुकाे अर्पण पनि गरिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार ०१:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP