• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ । सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट अवैधरूपमा भन्सार छली लुकाई छिपाई लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातु १ थानसहित भारतीय नागरिक ४९ वर्षीय Abu Barkat Kudrate Khoda Kazi लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले फ्लाई दुबाईको उडानद्वारा काठमाडौँ आएका उनलाई जाँच गर्दा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २१, बुधबार १५:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP