• २०८३ असार ३२ | Thu, 16 Jul 2026

काभ्रेमा ११ महिनामा २७ हजार ३२५ ले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

काभ्रेमा ११ महिनामा २७ हजार ३२५ ले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् । वैशाखमा एक जनाले यस्तो नागरिकता लिएका कार्यालयले जनाएको छ । यसैगरि नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यसवर्ष पनि बढी देखिएको छ । गतवर्ष पनि यो संख्या उच्च नै थियो । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ८ हजार ६० नयाँ नागरिकता जारी गरिएको छ । जसमा साउन महिनामा ८४४ नागरिकता जारी भएका छन् । भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मंसिरमा ९२९, पुसमा ४२८ वटा, माघमा ८६४ वटा, फागुनमा ४०१, चैतमा ५१८, वैशाखमा ८३२ वटा र जेठमा १ हजार ५५८ नागरिकता जारी भएको छ । यही अवधिमा नागरिकताको प्रतिलिपी लिनेको संख्या १० हजार ६९ छ । साउनमा १ हजार १७४, भदौमा १ हजार ४२, असोजमा ५४४, कात्तिकमा ८५६, मंसिरमा ९३६, पुसमा ९७२ वटा, माघमा ९७९, फागुनमा ६४१ वटा, चैतमा ९०१, वैशाखमा ९६६ र जेठ १ हजार ५८ वटा नागरिकताका प्रतिलिपी जारी भएका छन् ।

पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका कारण कतिपय पुरानो नागरिकतामा त्रुटीहरु फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । पहिले गाउँमा टोली गएर बनाएका नागरिकतामा कतै उमेर, कतै थर र कतै नामै गल्तीहरु पाइएका छन् । यी गल्तीहरु सुधार गर्नुपर्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको हो । गत साउनदेखि जेठसम्मको अवधिमा नागरिकता परित्याग गर्नेको संख्या ४७ रहेको छ भने सोही अवधिमा गैरआवासीय नागरिकता ३६ वटा जारी भएको छ । ८ वटा नागरिकता रद्द र ८ वटा अंगिकृत नागरिकता जारी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको जेठसम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको संख्या २७ हजार ३२५ रहेको छ । साउन महिनामा मात्र यो संख्या ३ हजार ४५३ रहेको थियो । भदौमा २ हजार ८९७, असोजमा १ हजार ९६२ जनाले आवेदन दिएका थिए भने कात्तिकमा २ हजार २९२ जनाले आवेदन दिएका थिए । मंसिरमा २ हजार ७८९ जना, पुसमा २ हजार २४८, माघमा २ हजार ५८३, फागुनमा १ हजार ४५९ जना, चैतमा २ हजार १२३ जना, वैशाखमा २ हजार १६४ जना र जेठमा ३ हजार ३५५ ले आवेदन दिएका थिए । यही अवधिमा ६ हजार ६१६ वटा कार्ड वितरण भएका छन् । दलित र जनजाती परिचयपत्र ५०१ वटा जारी भएका छन् ।

यस्तै १२ हजार ३७ वटा राहदानीको आवेदन दर्ता भएको प्रशासनमा ११ हजार ५८२ कार्ड वितरण भएको छ । ११ महिनामा नाबालक परिचयपत्र ५५७ वटा जारी भएको प्रशासन कार्यालयले जनाएको छ । यसैगरि १०२ वटा मुद्दा दर्ता भएका छन् भने ६७ वटा फस्र्याैट भएका छन् । यस्तै ठाडो उजुरी २११ वटा दर्ता हुँदा २०१ वटा फस्र्याैट भएका छन् । कार्यालयमा यसवर्ष १९ वटा नयाँ संघसंस्था दर्ता भएका छन्, १९४ वटा नवीकरण भएका छन् भने ५ वटा हातहतियार नवीकरण भएका छन् । यसैगरि कार्यालयबाट कारागार निरिक्षण ५ पटक, सरकारी कार्यालय अनुगमन ३० पटक, प्रहरीलगायत सुरक्षा निकायको अनुगमन ३४ पटक, विकास आयोजना अनुगमन २२ पटक र संघसंस्था अनुगमन ४६ पटक गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यसबीचमा जिल्ला सुरक्षा समितिको बैठक ५७ पटक बसेको छ भने जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित बैठक ९ पटक बसेको छ । कार्यालयले शहीद परिवार, द्वन्द्व पीडित परिवार र वैदेशिक रोजगार पीडित परिवारलाई १ करोड २१ लाख ३५ हजार ९८१ रुपैयाँ राहत वितरण गरेको छ । विपदमा परेकाहरुका लागि २२ लाख ७५ हजार राहत वितरण गरिएको छ । यो समय अवधिमा कार्यालयले कूल ६ करोड ५० लाख ६८ हजार ५२९ रुपैंयाँ राजश्व संकलन गरेको छ । चालु खर्च २ करोड ६३ लाख १५ हजार ४६६, पूँजीगत खर्च १० लाख ७४ हजार ११६ र विविध खर्च ५ करोड २९ लाख ७० हजार २४९ रुपैयाँ भएको छ । धरौटी विवरणबाट आम्दानी ३ करोड ५२ लाख ४७ हजार ७३३ प्राप्त भएको छ । धरौटी फिर्ताबापत ३४ लाख ९ हजार ३९२ दिइएको छ । विशिष्ठ व्यक्तिको भ्रमण ३४५ पटक भएको छ ।

यसैगरि जिल्लाभर ६८० वटा आपराधिक घटना भएका छन् । यस्ता घटनामा संलग्न ५८९ जना पक्राउ परेका छन् । जसमा ३ जनाको हत्या हुँदा ८४ वटा आत्महत्याका घटना भएका छन् भने प्राकृतिक प्रकोपका घटना २० वटा भएका छन् । जसमा ११ जनाको मृत्यु भएको र ७ जना घाइते भएको कार्यालयले उल्लेख गरेको छ । सवारी दुर्घटनामा २१ जनाको मृत्यु र २३१ जना घाइते भएका छन् । यसैगरि २५२ वटा पसल र फर्मको अनुमगन भएको र ११ वटालाई जरिवाना र कारबाही गरिएको छ । जरिवानाबापत ८१ हजार संकलन भएको छ । ५९ वटा फर्म र पसलबाट सामान जफत गरिएको र जसको मूल्य २ लाख ५५ हजार १८७ रहेको पनि कार्यालयले जनाएको छ । यस अवधिमा कार्यालयले १२ वटा ड्रोन उडान अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित गर्न गत वर्ष जेठ २७ गतेबाट डिजिटल टोकन प्रणाली शुरु गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो र सहज बनाउन प्रयास गरिने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो । आफू काभ्रेमा आएको ७ महिना भएको अवस्थामा पनि धेरै विषयहरुमा सुधार गरिएको उहाँको दाबी छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ४, बिहीबार ०९:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP