काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३८ वर्षीय फुर्पा लामालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-११ चिल्ड्रेन पार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९७ ट्याब्लेटसहित काठमाडौं बालाजु बस्ने गोरखा भीमसेनथापा गाउँपालिका-७ घर भएका २८ वर्षीय राजेश भुषाल समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १९ एम्पुल र आइपिपिएल २० एम्पुलसहित कास्की पोखरा महानगरपालिका-३२ तल्लो गगनगौडा बस्ने ४० वर्षीय सुनिल परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बर्दघाटबाट बुटवलतर्फ आउँदै गरेको लु.१ ख ९४५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सिरहा, धनगढीमाई नगरपालिका-१ मेदनीपुर सरस्वती खोला नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम र डिजिटल तराजु १ थानसहित लहान नगरपालिका-१३ गणेशपुर बस्ने २७ वर्षीय विशेश्वर पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ४ ट्याब्लेटसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ दिव्यनगर बस्ने २६ वर्षीय सुदिप गुरूङ र सोही महानगरपालिका-१७ बनगाई बस्ने २९ वर्षीय आयुष महतो रहेका छन् । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना.६५ प ७८५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ हर्वासी डेरा गरी बस्ने ३५ वर्षीय घनश्याम अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब २ सय ६६ ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरसमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ट्याब्लेट र स्पास्पेन १ हजार ३ सय ५० ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरीबहादुर बिकसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउराली र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय गणेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोला गाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ वर्षीय विजय कुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रवेश गुरूङ रहेका छन् ।
पक्राउ मध्ये सन्दिपले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, निर बहादुरले क्रोएशिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २० हजार रूपैयाँ, चिरन्जिवीले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दिप र विजय कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार, चिरन्जिवीलाई काठमाडौं महानगरपालिका-११ बाट र प्रवेशलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया