• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती पाटिटारबाट नियन्त्रित लागूऔषध फेनारगन ८ एम्पुल, नोर्फिन ८ एम्पुल र डाइजेपाम ८ एम्पुलसहित काठमाडौँ महानगरपालिका-१० बानेश्‍वर बस्ने ३२ वर्षीय सुशिल तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ खोक्सी बस्ने ३२ वर्षीय रबिन मोदी थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७९ मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुन्दरहरैँचा नगरपालिका-६ फिमराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रोसन १६ ट्याब्लेट र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय आशिष चौधरी र ललितपुर महालक्ष्मी नगरपालिका-१३ लुभु बस्ने २९ वर्षीय सुशान्त कटवाल रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-४ रामघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेटसहित सोही महानगरपालिका-१६ ब्रहमपुर बस्ने २८ वर्षीय सुनिल गुरूङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१४ स्कुल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट, स्पास्पेन २ सय २२ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सन्देश तामाङ र २४ वर्षीय निशान भुजेल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरीले सन्देशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-४ बिष्णुदेवी मन्दिर नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९५ ट्याब्लेटसहित सोही महानगरपालिका-२५ बस्ने २२ वर्षीय रोनिश मिजारसमेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० ग्राम १ सय ६० मिलिग्रामसहित भारत उत्तर प्रदेश बहराईच रूपैडिया थाना बस्ने ३५ वर्षीय इलिहास अहमदलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १७, बिहीबार ०९:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP