• २०८३ असार ३२ | Thu, 16 Jul 2026

पेस्तोलसहित काठमाडौँबाट तीन जना पक्राउ

पेस्तोलसहित काठमाडौँबाट तीन जना पक्राउ

काठमाडौँ । नागार्जुन नगरपालिका-४ बाफलबाट पेस्तोल २ थान, म्याग्जिन ३ थान र गोली २ राउण्डसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरङ लेटाङ नगरपालिका-४ घर भएका २२ वर्षीय शाहिल तिवारी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १५, मंगलवार १५:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP