• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

एकनाले भरूवा बन्दुकसहित कपिलवस्तु र स्याङ्जाबाट दुई जना पक्राउ

एकनाले भरूवा बन्दुकसहित कपिलवस्तु र स्याङ्जाबाट दुई जना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका-१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थानसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

उता स्याङ्जा, विरूवा गाउँपालिका-६ लेवा बस्ने ७२ वर्षीय रामबहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरूसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवा अर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २७, आईतवार ११:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP