• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

हामी दोस्रो वर्षमा : यसरी शुरु भएको थियो ‘कालोटोपी डटकम’

हामी दोस्रो वर्षमा : यसरी शुरु भएको थियो ‘कालोटोपी डटकम’

बनेपा । सञ्चार क्षेत्रमा नयाँ पाइलास्वरुप गत वर्ष भदौ १६ गतेदेखि हामीले तपाईंहरुसामू नयाँ अनलाइन शुरु गरेका थियौँ । आम पाठकवर्गको सुविधाका लागि छोटो र मिठो नाम, ‘कालोटोपी डटकम’ यसको शुरुवात गर्ने सोच राखेपछि हामीले फेसबुकमा कमिङ सुन भनेर स्टाटस राखेका थियौं । जसमा धेरैले सकारात्मक प्रतिक्रिया दिनुभयो । जसप्रति हामी आभारी छौं । सबैको साथ र सहयोगले अघि बढ्ने प्रतिबद्धतास्वरुप हामी यसमा लागिरह्यौं र आज तपाईंहरु सामू उपस्थित भएको पनि एक वर्ष पूरा भयो ।

पछिल्लो करिब एक दशकयता सञ्चार क्षेत्रले निकै फड्को मारेको हामी सबैलाई अवगत नै छ । विशेषगरी प्रविधिले हामीलाई निकै सजिलो मात्र बनाएको छैन, विश्वलाई नै साँघुरो बनाइदिएको छ । समयको रफ्तारसँगै हामी पनि डिजिटल युगमा प्रवेश गरिसकेका छौं, यसकै निरन्तरता हो ‘कालोटोपी डटकम ।’

प्रतिश्पर्धात्मक समयमा समाचार दिने होडबाजी पनि सञ्चार माध्यमहरुमा निकै छ । कालोटोपी डटकम पनि त्यही भीडमा छ । यसो भनेर अस्वस्थ प्रतिश्पर्धा हामी कहिल्यै पनि गर्दैनौं । जोश, जाँगर र ऊर्जा लिएर आएका छौं । सत्य, तथ्य समाचार र आम पाठकका लागि भ्रम नपार्ने समाचार पस्किने हाम्रो प्रयास सधैं रहनेछ ।

पछिल्ला दिनहरुमा बजारमा आएका समाचारहरुप्रति आम पाठकहरुले कुन सञ्चार माध्यमले दिएको समाचार सत्य हो भनेर छुट्याउनै नसक्ने अवस्था एकातिर छ भने संचार माध्यमप्रति नागरिकको विश्वास पनि गुमेको छ । सबै यस्तै त हुन् नि भन्ने भ्रम पनि छ । त्यसैले यो अवस्थामा हामी केही गर्न सकिन्छ कि भनेर आएका छौं, यो सँगै अघि बढ्न हामीलाई निकै चुनौतीहरु पक्कै छन् । यसो भनेर हामी आत्तिएका पनि छैनौं । हाम्रा पाठकहरुसँग विश्वास जित्दै नयाँपन दिएर भूईंमान्छेका आवाज बुलन्द बनाउन हामी सधैं कटिबद्ध रहनेछौं ।

देशमा अहिले हजारौंको संख्यामा अनलाइन, पत्रपत्रिका, टेलिभिजन, रेडियोलगायतका सञ्चार माध्यमहरु खुलिसकेका छन् । आमपाठकहरुलाई लाग्न सक्छ, अब खुल्ने मिडियाले के नयाँपन दिन सक्ला र ? वर्षौंदेखि जरा गाडेर बसेका मिडियाहरुका अघि कालोटोपी डटकम’ केही होइन, तर हामी यसलाई केही चाहिँ हो है भनेर चिनाउन आएका छौं । हामी अरुको जस्तो तडकभडक गर्दैनौं, कसैलाई गाली गलौज र भ्रम फैलाउने काम पनि हामीबाट हुँदैन । तर समाचारको विश्वसनीयतामा भने थोरै पनि कन्जुस्याईं गर्दैनौं ।

हाम्रो प्रयास नयाँ हो । यसलाई तपाईंहरुले आफ्नै हो भनेर माया दिनुहुनेछ भन्ने अपेक्षा छ । यति मात्र होइन, यहाँहरुले हामीलाई सल्लाह सुझाव पनि दिन सक्नु हुनेछ । हामी त्यसकै आधारमा अघि बढ्नेछौं । यहाँहरुको माया नै हामी अघि बढ्ने ऊर्जा हुनेछ । एक वर्षको यात्रामा हामीले के गर्न सक्यौँ वा सकेनौँ, त्यो पाठकहरुले हेर्दै आइरहनुभएको छ । अझै धेरै काम गर्न बाँकी छ । यहाँहरुको साथ आगामी दिनहरुमा पनि उल्लेख्य हुने अपेक्षा छ । हामीलाई माया गर्ने सबैप्रति आभारी छौँ । फेरि पनि सबैलाई धेरै धेरै धन्यवाद ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १६, मंगलवार ०५:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP