• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

विचार : टुटेको सम्बन्ध, बदलिएको जीवन 

विचार : टुटेको सम्बन्ध, बदलिएको जीवन 

-अम्बिका डोटेल
सम्बन्ध, विवाह र परिवारलाई जीवनको स्थायी आधार मानिँदै आएको नेपाली समाजमा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा देखिन थालेको छ । वैवाहिक सम्बन्धमा आउने असमझदारी, वैदेशिक रोजगारी, आर्थिक समस्या, पारिवारिक दबाब, आपसी विश्वासको कमी, बाल विवाह, घरेलु हिंसा तथा बदलिँदो सामाजिक सोचलगायतका कारण सम्बन्ध विच्छेदसम्म पुग्ने परिवारको संख्या बढिरहेको छ । मेलम्ची नगरपालिका १३ वटा वडामा मात्र आर्थिक वर्ष २०८२/०८३ मा ७२ जोडीले सम्बन्धविच्छेद गरेका छन् । यो एक पालिकाको घटना मात्र हो । यसलाई हेर्दा यो केवल व्यक्तिगत पारिवारिक समस्या मात्र नभइ सामाजिक समस्या पनि रहेको देख्न सकिन्छ ।
आजको समाजमा महिला तथा पुरुष दुवैमा आफ्नो अधिकार स्वतन्त्रता र आत्मसम्मानप्रति चेतना बढेको छ । हिंसा, अपमान, असमान व्यवहार सहेर मात्र सम्बन्ध टिकाउनुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ । यो एक तर्फबाट हेर्ने हो भने सकारात्मक सामाजिक परिवर्तन पनि हो । तर अर्कोतर्फ वेदैशिक रोजगारीका कारण लामो समयसम्म पति पत्नी अलग हुनु, आर्थिक तनाव, पारिवारिक दबाब सामाजिक संजाल तथा प्रविधिका कारण उत्पन्न हुने अविश्वास घरेलु हिंसा, मदिरा आपसी संवादको कमी, पारिवारिक असमझदारी, बालविवाह, वहुविवाह जस्ता पक्षहरुले समाजमा जरा गाड्नु, यसको प्रमुख कारण रहेको छ । मेलम्ची नगरपालिकामा रहेका सम्बन्धविच्छेदका केही प्रतिनिधि घटनाहरु यस्ता छन्, जसलाई तल उल्लेख गरिएको छ ।  जुन एक स्थानीय तहमा मात्र सिमित छैन, हाल ७५३ वटा स्थानीय तहमा केलाउने हो भने पनि यस्तै घटनाहरु मनग्य रुपमा देख्न सकिन्छ ।
२०७८ को राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या ४१ हजार ०६३ रहेको मेलम्ची नगरपालिकामा वार्षिकरुपमा हेर्दा बढ्दो दरमा सम्बन्ध विच्छेदको अवस्था देख्न सकिन्छ । यसैगरी बढ्दै जाने हो भने समाजमा यसले लिने रुप सोचीनसक्नुको हुने देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा सम्बन्धविच्छेदको घटना ४ जोडीले बढेका छन् भने २०८१/०८२ को तुलनामा २०८२/०८३ मा ६ जोडीले बढेको छ । चालु आर्थिक वर्षको सुरुवातीमा ३ महिनामा मात्र १९ जोडीले सम्बन्धविच्छेद गरेको तथ्याङ्कले पनि यो विषयलाई सामान्य पारिवारिक घटनाका रुपमा मात्र नहेरी सामाजिक सरोकारको विषयका रुपमा लिनुपर्ने देखिन्छ ।
मेलम्ची नगरपालिका १३ वटै वडाको तथ्यांकले के भन्छ ?
मेलम्ची नगरपालिका १३ वटै वडामा अदालतबाट सम्बन्धविच्छेद भई वडामा दर्ता भएका सम्बन्धविच्छेदको घटनाको विवरणलाई हेर्दा अवस्था यस्तो देखिन्छ ।
२०७८ को राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या ४१ हजार ०६३ रहेको मेलम्ची नगरपालिकामा वार्षिकरुपमा हेर्दा बढ्दो दरमा सम्बन्ध विच्छेदको अवस्था देख्न सकिन्छ । यसैगरी बढ्दै जाने हो भने समाजमा यसले लिने रुप सोची नसक्नुको हुने देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा सम्बन्धविच्छेदको घटना ४ जोडीले बढेका छन् भने २०८१/०८२ को तुलनामा २०८२/०८३ मा ६ जोडीले बढेको छ । चालु आर्थिक वर्षको सुरुवातीमा ३ महिनामा मात्र १९ जोडीले सम्बन्धविच्छेद गरेको तथ्याङ्कले पनि यो विषयलाई सामान्य पारिवारिक घटनाका रुपमा मात्र नहेरी सामाजिक सरोकारको विषयका रुपमा लिनुपर्ने देखिन्छ । सम्बन्धविच्छेदका घटना बढे वा घटे भन्ने तथ्यांकले मात्र यसको वास्तविक तस्वीर देखाउँदैन । प्रत्येक सम्बन्धविच्छेदका पछाडि फरक–फरक पारिवारिक परिस्थिति र कारण हुन्छन् । यी कारणहरुलाई विस्तृतरुपमा पहिचान गरी न्यूनिकरणको उपाय खोज्नु आजको आवश्यकता हो । १३ वटै वडाबाट संकलित घटनालाई हेर्दा घरेलु हिंसा, वैदेशिक रोजगारी, आर्थिक समस्या, अनैतिक सम्बन्धको आरोप, दाम्पत्य जीवनको असमझदारी, मादक पदार्थको प्रयोग, पारिवारिक हस्तक्षेप/ जस्ता कारण रहेका छन् । यसलाई विगत १० बर्ष वा ५ वर्ष अगाडिको स्वरुपमा ल्याउन त नसकिएला तर अब प्रयत्न गर्नुपर्ने अवस्था आएको छ ।
सम्बन्धविच्छेदले बालबालिकामा पर्ने असर
सम्बन्ध विच्छेदको सबैभन्दा संवेदनशील पक्ष भनेको बालबालिका हुन् । सम्बन्धविच्छेदको प्रत्यक्ष प्रभाव श्रीमान्–श्रीमतीमा मात्र सीमित हुँदैन । सन्तान भएका परिवारमा बालबालिकाको शिक्षा, पालनपोषण, मानसिक अवस्था र आर्थिक सुरक्षासमेत प्रभावित हुन सक्छ । भविष्यका कर्णधार, देश विकासका सम्वाहक भनिएका बालबालिका नै बिचलित हुन्छन् । कतिपय अवस्थामा अभिभावकको मनमुटावले बालबालिकाले मानसिक तनावसमेत सामना गर्नुपर्दछ । उनीहरुमा दुःख, एक्लोपन, असुरक्षा, रिस, डर आफूलाइ दोषी ठान्ने, अभिभावकको सम्बन्ध टुटनुको कारण कतै आफैं त होइन भन्ने गलत धारणासमेत आउन सक्छ । हिजोसम्म एउटै घर आँगनमा देखेका आमा बुबा अलग बस्न थालेपछि बालबालिकाको मनमा अनेक प्रश्न उठन सक्छ, अब म को सँग बस्ने । बुबा किन आउनुहुन्न, आमा किन आउनुहुन्न, आमा किन एक्लै हुनुभयो । बुबाले किन यस्तो गर्नुभयो, जस्ता यावत प्रश्नहरु बालबालिकाको मनमा आउन सक्छन् ।
कतिपय बालबालिकाले आफ्नो दुःख पोख्न सक्दैनन् तर उनीहरु भित्रबाट टुटेका हुन्छन् । उनीहरुको पीडा गहिरो हुन सक्छ, जसको फलस्वरुप पढाईमा ध्यान नजाने, चुपचाप बस्ने, रिसाउने, जिद्दि गर्ने साथीभाईबाट टाढिने जस्ता व्यबहार देखिन सक्छन्  । तसर्थ सम्बन्धबिच्छेद भएका परिवारका बालबालिकालाई समस्या भएका बच्चा भनेर होइन की भावनात्मक सहयोग आवश्यकता भएका बालबालिका भनेर बुझ्न आवश्यक छ ।
सम्बन्धविच्छेदलाई केवल सामाजिक विकृति वा व्यक्तिगत असफलताको रूपमा व्याख्या गर्नु पर्याप्त हुँदैन । कतिपय अवस्थामा हिंसा, जबर्जस्ती  सम्बन्ध, निरन्तर मानसिक यातना वा असुरक्षित वैवाहिक सम्बन्धबाट बाहिर निस्कनु व्यक्तिको अधिकार र सुरक्षासँग जोडिएको विषय हुन सक्छ ।
अबको बाटो 
सम्बन्धविच्छेद न्यूनीकरणका लागि केवल दम्पतिको प्रयास मात्र पर्याप्त हुँदैन । परिवार, समाज स्थानीय तह तथा राज्यका सम्बन्धित निकायले समेत भूमिका निर्वाह गर्नुपर्छ । सम्बन्ध किन जोडिन्छ भन्ने मात्र होइन, सम्बन्धलाई स्वस्थ, सम्मानजनक र जिम्मेवारी ढंगले कसरी टिकाइराख्ने भन्ने विषयमा हाम्रो समाजले कति तयारी गरिरहेको छ भन्ने विषय पनि आज एक प्रश्न बनेको छ । सम्बन्ध जोगाउनु महत्वपूर्ण छ तर यसो भन्दैमा सम्बन्धविच्छेदका घटना न्यूनीकरण गर्ने नाममा सम्बन्धमा रहेका व्यक्तिलाई जबर्जस्ती सँगै बस्न लगाउनु समाधान होइन । बरु विवाहपूर्व परामर्श, पारिवारिक परामर्श, घरेलु हिंसाविरुद्धको संरक्षण, आर्थिक सशक्तीकरण, बाल विवाह न्यूनीकरण, वैदेशिक रोजगारीमा जाने परिवारका सदस्यका लागि परामर्श तथा सम्बन्धविच्छेदपछि बालबालिकाको संरक्षणजस्ता विषयमा स्थानीय तहले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको छ ।
सम्बन्धविच्छेदलाई केवल सामाजिक विकृति वा व्यक्तिगत असफलताको रूपमा व्याख्या गर्नु पर्याप्त हुँदैन । कतिपय अवस्थामा हिंसा, जबर्जस्ती  सम्बन्ध, निरन्तर मानसिक यातना वा असुरक्षित वैवाहिक सम्बन्धबाट बाहिर निस्कनु व्यक्तिको अधिकार र सुरक्षासँग जोडिएको विषय हुन सक्छ । त्यसैगरी, सम्बन्धविच्छेदका पछाडि रहेका वास्तविक कारण पहिचान नगरी केवल बढ्दो संख्यालाई आधार बनाएर निष्कर्ष निकाल्नु पनि उचित हुँदैन । मेलम्ची नगरपालिका १३ वटै वडाको तथ्यांकले स्थानीय समाजमा भइरहेको वैवाहिक तथा पारिवारिक परिवर्तनलाई बुझ्ने एउटा महत्वपूर्ण आधार दिन सक्छ । त्यसैले सम्बन्धविच्छेदको संख्या हेर्दा किन सम्बन्ध टुटिरहेका छन्, सम्बन्ध टुटेपछि परिवारमा के भइरहेको छ र बालबालिकामा कस्तो प्रभाव परेको छ भन्ने प्रश्नमा पनि स्थानीय तह र सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिन्छ ।
अन्ततः सम्बन्धविच्छेदको संख्या बढ्नु वा घट्नु मात्र समाचारको विषय होइन । त्यस संख्याभित्र लुकेका परिवारका कथा, महिलाका संघर्ष, पुरुषका निर्णय, बालबालिकाको भविष्य र बदलिँदो नेपाली समाजको तस्वीर बुझ्नु अझ महत्वपूर्ण विषय हो । महिलाको हक हितको कुरा गर्ने महिला अधिकारकर्मी, महिलाको कोटामा राजनीतिमा आफ्नो पद र पहिचान बनाउने महिलाहरुले पनि अब यस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ । जसले भविष्यमा बालबालिका र समाजमा पर्ने असरको न्यूनीकरण गर्न सकोस् । फाटेका घरहरुलाई, अनि मनहरुलाई सिलाउने काम त्यति सहजत छैन तर पनि हिजोको पुर्खाले सम्हालेको जस्तै गरी घर परिवार र समाज सम्हाल्नु हामी सबैको दायित्व हो । यसबाट कोही कतै विचलित नभइ लागि पर्नु पर्दछ । यहि नै समाज सुधारको आयाम बन्न पुग्दछ । यसमा हामी सबैले हातेमालो गर्नुपर्दछ । समाजमा रहेका विकृती कुसंसकारहरु न्यूनीकरण गर्न अब घरबाटै लाग्नुपर्दछ । यदि अन्याय, अत्याचारले सीमा नाघेमा सामाजिक बहिष्कारको अभियान चलाउनु पर्दछ । समाजमा सचेत, सक्षम र पदीय जिम्मेवारी ‌ओगट्नेबाट नै आज धेरै प्रकारका घटनाहरु घटिरहेका छन् । यसलाई पनि न्यूनीकरण गर्नु जरुरी छ । सम्बन्धमा एउटा अध्याय टुंगिए पनि जीवनको कथा टुंगिदैन टुटेको ठाउँबाटै नयाँ जीवनको सुरुवात हुन सक्छ । (लेखक मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ ।)



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन १५, बिहीबार १३:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP