काठमाडौँ । हाल विशेषगरी बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा भारी वर्षा भइरहेकाे छ ।
यस्तै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
वर्षा गराउने प्रणाली पूर्व-उत्तर, पूर्व दिशातर्फ सरिरहेको छ। त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्र यात्रा गर्न माैसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ।
थप जानकारीका लागिः https://dhm.gov.np/mfd मा गएर ताजा अवस्थाकाे जानकारी लिन सकिने बताइएकाे छ।
बनेपा बजारकाे ताजा अवस्था । तस्बीरः देवराज केसी
प्रतिक्रिया